पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ९, काठमाडौं । सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ ।

संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटी संविधानले निर्दिष्ट गरेको समयभित्रै निर्वाचन गर्नका लागि मधेसको माग सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

पौडेलले संविधान संशोधनबाट मधेसको माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै ओलीलाई संशोधनको प्रक्रियामा आउन आग्रह गरे । उनले राष्ट्रहित हुन गरी नै संशोधन गर्न सकिने बताएका थिए । -कान्तिपुर दैनिक