Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुल शिलान्यासमा प्रतिस्पर्धा: ओलीलाई पछि पार्दै माओवादी फस्ट

By kit 2 मिनेट पढाइ

माघ ६, दमक । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी –माँवा –आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेताले शिलान्यास गरेका गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् ।

उक्त पुल आफूहरुको पहलमा बनेको झापा ७ का ईन्चार्जसमेत रहेका पुरीले दावी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए ।  अन्नपूर्ण पोष्ट दैनिक

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।