Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्रधानमन्त्रीको नियतले गम्भीर आशंका: एमाले

By kit

माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी दलहरूलाई मनाउने नाममा मिति घोषणामा आलटाल भइरहेको आशंका एमालेको छ ।

‘प्रधानमन्त्रीले मोर्चालाई मनाउन सरकार बनेको दिनदेखि नै कोसिस गरिराख्नुभा’को छ, तर उनीहरू प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न नसकिने बताइराखेका छन्, अब उहाँले कहिलेसम्म कोसिस मात्रै गरिराख्ने

हो ?’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले वैशाख–जेठमा निर्वाचन हुन्छ कि हुन्न भन्ने झन् गम्भीर आशंका र अन्योल उत्पन्न गराएको छ ।’

प्रधानमन्त्रीले एक–दुई दिनभित्रै मिति घोषणा नगरे निर्वाचन हुन नसक्ने नेम्वाङले बताए । ‘निर्वाचन आयोगले जुनसुकै वेला चुनाव गराउन तयार रहेको बताइरहेको छ, प्रधानमन्त्री भने तयारी गर्दै गर्नु भनेर पत्र पठाउनुहुन्छ,’ उनले भने, ‘अर्कातिर स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन परिमार्जन गर्ने भन्दै समिति बनाउनुहुन्छ, मधेसी मोर्चालाई अझै मनाउने कुरा गर्नुहुन्छ । अब मनाउने चरण पार भइसक्यो, त्यसैले एक–दुई दिनमा घोषणा नभए चुनाव सम्भव छैन ।’

निर्वाचन मिति तत्काल घोषणा नभए सरकारले निर्वाचन नचाहेको भन्दै एमाले जनताबीच जाने नेम्वाङले बताए । उनले भने, ‘अब त धेरै ढिलो भइसक्यो, तुरुन्त मिति घोषणा गर्नुपर्छ ।’ -नयाँ पत्रिका दैनिक