भारतबाट काठमाडौंमा हतियार भित्रिरहेको खुलासा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ २४, काठमाडौं । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ । लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।

भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् । स्रोतका अनुसार पठानको समूहमा अझै आधा दर्जन रहेका छन् । भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्‍याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा कसले  यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् । -नेपाल समाचारपत्र दैनिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply