२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले देउवासँग भने- ‘दाहालबाट निर्वाचन सम्भव छैन’

२०७३, २४ माघ सोमबार ०२:०४

माघ २४, काठमाडौं । पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूसँग आफ्नो भेटघाट तीव्र बनाएका छन् । 

मधेसी मोर्चाका नेताहरूलाई आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरूलाई आग्रह गरेका थिए । 

उनले आइतबार बिहान मात्रै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका थिए । लगत्तै देउवा बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग परामर्श गरेका थिए ।

मोर्चाका नेताहरूसँगको भेटमा देउवाले व्यक्त गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मोर्चासँग भएको तीनबुँदे सहमतिको हस्ताक्षरकर्ता म पनि भएकाले त्यसको कार्यान्वयन मेरो प्रतिबद्धता हो । चाँडोभन्दा चाँडो संशोधन पारित गरी निर्वाचनमा जानुपर्छ ।’

प्रमुख प्रतिपक्षी एमालेले संशोधन विधेयकको विरोध गरिरहेका बेला कांग्रेस सभापति देउवाले विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन आआफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । उनले मधेसी मोर्चाको मागप्रति आफू इमानदार रहेको बताए । ‘मधेसी मोर्चाको माग पूरा गर्नुपर्छ । पहिला संविधान संशोधन विधेयक पारित गरी चुनावमा जानुपर्छ । यसमा मोर्चाले पनि साथ दिनुपर्छ’, देउवाले भनेका थिए ।

देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधानसभाबाट संविधान जारी गराउन कांग्रेसले राणा, पञ्चायत र राजाको समेत अन्त्य गरायो । अब संविधानमा उल्लेख भएअनुसार गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गर्न पनि कांग्रेस संविधान संशोधन गर्दै निर्वाचनमा जानेछ ।’

देउवाले बाहिर आएका प्रचारप्रसारमा नलाग्न मोर्चाका नेताहरूसँग आग्रह गर्दै संविधान कार्यान्वयनका लागि पनि संशोधन अनिमात्र निर्वाचन भन्ने आफ्नो बटमलाइन रहेको धारणा राखेका थिए ।

संशोधन विधेयकलाई परिमार्जनसहित अगाडि बढाउने सहमति कांग्रेस र मोर्चाबीच भएको छ । संशोधन विधेयकलाई आआफ्ना तर्फबाट पारित गराउन भूमिका निर्वाह गर्ने र त्यसका लागि परिमार्जनका विषयलाई सहमतिका साथ अगाडि ल्याउनुपर्नेमा पनि कांग्रेससँग सहमति भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले बताए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘कांग्रेस र मोर्चाबीच संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेकाले यसका पक्षमा दुईतिहाइ मत पुर्‍याउन विशेष रणनीतिका साथ लागौं र निर्वाचनतर्फ उन्मुख होऔं ।’

तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, ‘सरकारको व्यवहार हेर्दा निर्वाचनमुखी देखियो । संशोधनबिना निर्वाचन हुन नसक्नेमा हामीले कांग्रेस नेतृत्वलाई जानकारी दियौं । संशोधनबिना निर्वाचन भए मुलुक पुनः द्वन्द्वमा जाने धारणा मोर्चाले राख्यो ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले साउन १९ मा भएको तीनबुँदे सहमति कार्यान्वयनमा गम्भीर हुन देउवालाई आग्रह गरेका थिए ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले ओली सरकारका पालामा भएको नौमहिने अन्दोलनका क्रममा गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न आग्रह गरे ।

देउवाले तत्काल गृहमन्त्री विमलेन्द्र निधिलाई मधेसको माग पूरा गर्न निर्देशन दिएका थिए । देउवाबाट निर्देशन पाएका निधिले एकदुई दिनभित्रै महान्यायाधिवक्तालगायत सम्बद्ध अधिकारीसँग परामर्श गरी गिरफ्तार व्यक्तिलाई रिहा, सहिद घोषणा, घाइतेलाई उपचार गर्ने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।

‘दाहालबाट असम्भव’

प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीले कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यस विषयमा पुनर्विचार गर्न आग्रह गरे ।

ओलीले आइतबार बिहान सत्ताको मुख्य घटक कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरी निर्वाचनमा जोड दिएका थिए । स्रोतले भन्यो, ‘दाहालबाट कुनै पनि हालतमा कुनै पनि निकायको निर्वाचन हुन नसक्ने हुँदा वर्तमान सरकारको विकल्प सोच्नुपर्‍यो । संविधान कार्यान्वयनका लागि कांग्रेस गम्भीर हुन नसके राष्ट्र ठूलै दुर्घटनातर्फ धेकेलिन सक्छ ।’ प्रत्युत्तरमा देउवाले आफूले यस विषयमा कांग्रेसमा कुरा गर्ने बताए ।

यसैबीच कांग्रेस सभपाति देउवा र प्रधानमन्त्री दाहालबीच संविधान संशोधन, स्थानीय निर्वाचनलगायत विषयमा गम्भीर छलफल भएको जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ । प्रतिपक्षी दलका नेता ओलीसँगको टेलिफोन वार्तापछि प्रधानमन्त्री दाहालसँग भेट्न पुगेका देउवालाई दाहालले संविधान संशोधन र निर्वाचनको वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्न आग्रह गरे ।

देउवाले आगामी वैशाखमा स्थानीय निर्वाचन गराउन र त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न परिर्माजनसहितको संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिएको स्रोतले बतायो । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ