फागुन १३, काठमाडौं | वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरे"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह

२०७३, १३ फाल्गुन शुक्रबार ०१:४६

फागुन १३, काठमाडौं | वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्।

जीवनको अस्तित्व रहेको अनुमान

खगोलशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन्, जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् ।

थप अनुसन्धानका लागि महत्वपूर्ण

पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ ।

निकै नजिक 

पत्ता लगाइएका सातवटै नयाँ ग्रहहरू एक–अर्काबीच नजिक रहेको अनुसन्धान समूहका प्रमुख लेखक माइकल गिलोनले बताए । ‘सातैवटा ग्रहको तापक्रम मध्यम छ, त्यहाँ पानीको सतह भएको र जीवनको अस्तित्व रहेको हुन सक्छ,’ उनले भने । नयाँ ग्रहहरूमा पानी तथा जीवनको अस्तित्व नभए पनि अध्ययनका लागि भने रोचक हुने उनले बताए । ट्रयापिस्ट वान भने निकै सानो रहेको उनको भनाइ छ । अहिलेसम्म तीन हजार चार सय ४९ वटा ग्रह पत्ता लागेको नासाले जनाएको छ ।

महत्वपूर्ण फड्को

नयाँ खोज महत्वपूर्ण भएको म्यासाचुसेस्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक सारा सिगरले बताइन् । ‘नयाँ अनुसन्धानसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र त्यहाँ जीवनको अस्तित्व खोज्ने दिशामा एउटा नयाँ फड्को मारेका छौँ,’ उनले भनिन् । एकैपटक धेरै ग्रह पत्ता लागेकाले अनुसन्धानका सम्भावना पनि धेरै भएको उनले बताइन् । गिलोनको समूहले सन् २०१५ देखि नै ट्रयापिस्ट वानप्रति रुचि राखेको थियो ।- नयाँ पत्रिका दैनिकमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा