२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई मन्त्रीको प्रश्न, ‘राजदूत सिफारिसमा कति पैसा लिइयो ?’

२०७३, १५ फाल्गुन आईतवार ०२:२६

काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेवि संघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए ।

बैठक सुरुमै मन्त्रीहरुले राजदूत सिफारिसप्रति असन्तुष्टि जनाएका थिए । आशा लामालाई कसको दबाबमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मन्त्रीले गरेका थिए । वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दाबी छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि राजदूत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफूले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे ।

एकले अर्कालाई जानकारी नगराएको गुनासो सबै मन्त्रीबाट आएपछि सभापति देउवाले स्ववियु निर्वाचनमा आर्थिक संकलनको विषय प्रवेश गराएका थिए । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा