फागुन १७, काठमाडौं । स्थानीय स्तरका राजनीतिक कार्यकर्ता ब्यबस्थापन गर्ने कठिनाइ भोगिरहेका राजनीतिक दलहरुलाई आसन्न स्थानीय निर्वाचन सुनौलो अबसर हुने भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिव ३६ हजार नेताकार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ ।

वैशाख ३१ मा घोषित चुावनपछि राजनीतिक दललाई नेताकार्यकर्ता व्यवस्थापनमा परिरहेको सकस र भार कम हुन पुग्नेछ ।

दलका स्थानीय तहका सक्रिय नेता तथा कार्यकर्ता व्यवस्थापन हुन नसक्दा तिनीहरु विद्यालय व्यवस्थापन, खानेपानी, सामुदायिक वा, उपभोक्ता समितिजस्ता सामाजिक संघसंस्थामा आबद्ध हुँदै आएका छन् । परिणामस्वरुप सामाजिक संघसंस्थामा चरम राजनीति हुँदै आएको छ ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले पुनः स्थानीय तहको नेता कार्यकर्ता व्यवस्थापन गर्ने हुँदा राजनीतिक दललाई मात्रै होइन, समाजलाई पनि फाइदा पुग्ने राजनीतिक विश्लेषक नीलाम्बर आचार्य बताउँछन् । -नागरिक दैनिक

March 1, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
स्थानीय निर्वाचनले ३६ हजार कार्यकर्तालार्इ रोजगारी !
By kit
2 मिनेट पढाइ