फागुन २०, काठमाडौँ । 'चुनाव हारेर म मरेकी होइन । आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ । 

बाँच्ने रहर थियो तर इज्जतै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, काठमाडौँ । 'चुनाव हारेर म मरेकी होइन । आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ । 

बाँच्ने रहर थियो तर इज्जतै"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिमाको सुसाइट नोट: ‘चुनाव हारेर म मरेकी होइन’

२०७३, २० फाल्गुन शुक्रबार ०१:५७

फागुन २०, काठमाडौँ । 'चुनाव हारेर म मरेकी होइन । आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ । 

बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ । बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू । तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन् । 

बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी । अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन् ।

आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन् । सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्‍यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन् । घर पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए ।

बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बाबु भीमले रुँदै भने । 'बाबा यसपटक म हारें । अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्‍यो’ भन्दै बाबु पिरोलिएका छन् । आमा अर्धचेत छिन् । बाबु पनि २ पटकसम्म बेहोस भएर लडे ।

स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन् । अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी । विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा । फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले ।

बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए । त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे । आमाले रिमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए । धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन् ।

जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्‍याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन् ।

उनका एक दिदी, ३ दाजु र भाउजूहरू छन् । सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ।मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा