बैशाख १७, काठमाडौँ । सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, काठमाडौँ । सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ।&nb"/>
2026-06-20 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नौ महिनादेखि पूरा पेट खान नपाएका ७० विद्यार्थी

2017-04-30

बैशाख १७, काठमाडौँ । सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। 

गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने मंसिरदेखि पूरा पेट खाना पाएकी छैनन् ।

जिल्ला सदरमुकाम सिमकोटको बीच बजारमा २०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै पटकपटक गरेर ९ दिन भोकै विद्यालय जानुपरेको छ।

सदरमुकाम सिमकोटको मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको छ।

गत चैतमा आमाबुबा र घरपरिवार छाडेर गुणस्तरीय शिक्षा प्राप्तिको अभिलाषासहित सिमकोटको दुर्गम हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई अहिले दिनको सातपटक घरमा खाएको खानाको सम्झनाले निकै सताएको छ।

छात्रावासलाई सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत दिने छात्रवृत्ति रकम गत साउनदेखि नै नदिएको भन्दै छात्रावास प्रशासनले चामल र अन्य खाद्यान्न जोहो गर्न नसक्दा छात्रावासमा भर्ना भएको महिना दिनमै उनी ७ दिन भोकै विद्यालय गइन्।

स्वस्तिका र ज्ञानुमाया हुम्ला सदरमुकाम सिमकोटमा सरकारले व्यवस्थापन गरेका दुर्गम हिमाली आवासीय छात्रावास र महिला फिडर छात्रावासका ७० छात्रछात्राका नमुना पात्र मात्रै हुन्।

सरकारले शिक्षा मन्त्रालय हुँदै जिल्ला शिक्षा कार्यालय हुम्लामार्फत सम्बन्धित छात्रावासलाई प्रतिमहिना प्रतिविद्यार्थी आवास र खानाबापत दिँदै आएको ४ हजार रुपैयाँ गत साउन महिनादेखि नदिएपछि अहिले दुवै छात्रावासमा आ श्रय लिएर बसेका सबै विद्यार्थीको दैनिकी निकै कष्टपूर्ण बन्दै गएको छ।

सरकारले नियमित रूपमा रकम प्रदान गर्दाका बेलामा समेत पर्याप्त सुविधा प्राप्त नहुने उक्त छात्रावासमा नौ महिनासम्म कत्ति पनि रकम सहयोग नआएपछि आफूले बिहान सुकाएको फर्सी र गान्टेमुलाको झोल खाएर विद्यालय जानुपरेको महिला फिडर छात्रावासमा कक्षा १० मा अध्ययनरत सिर्जना बुढाथोकीले बताइन्।

मंसिरयता मात्रै पटकपटक गरेर ११ दिन भोकै विद्यालय गएको जनाउँदै सिर्जनाले अन्नपूर्णसँग भनिन्, ‘सुरुमा जिल्ला शिक्षा कार्यालयबाट पैसा आउँछ र तिरौंला भनेर बजारका अधिकांश पसलबाट उधारोमा रासन ल्याएर पकाउने गरिएको थियो तर माघदेखि बजारका सबै पसलले उधारो दिन नमानेपछि भोकै विद्यालय जाने गरेका हौं।’

मंसिर महिनाअघि १६ जनालाई ७ फोक्टिन चामल पकाउने गरिएको बताउँदै सिर्जनाले अहिले एक र आधा फोक्टिन चामलमा सुकाएको फर्सी र गान्टेमुला मिसाएर पकाउन थालिएको सुनाइन्।

बिहान एक र आधा फोक्टिन चामलको भात खाएर विद्यालय जाने महिला फिडर छात्रावासका १६ जना छात्राले बेलुका तातोपानीमा पिठो पकाएर छाक टार्ने गरेको कक्षा ९ मा अध्ययनरत लालीकी १४ वर्षीया सुमित्रा शाहीले बताइन्।

महिला फिडर छात्रावासमा मात्रै होइन, सिमकोटकै दुर्गम हिमाली छात्रावासको समस्या पनि उस्तै छ। २५ छात्र र २५ छात्रा गरी ५० जनाले आ श्रय लिएर बसेको उक्त छात्रावासमा पनि साउनदेखि रकम नआएपछि विद्यार्थी भोकभोकै विद्यालय जाने गरेका छन्।

मध्याह्न १२ बजेतिर शिक्षकले पढाइरहेको बेला भोकले निक्कै पेट दुख्ने गरेको जनाउँदै रामचन्द्र बुढाले भने, ‘यस्तोमा पढाइमा पटक्कै ध्यान जाँदैन।’ वैशाख महिनामा मात्रै चार दिन भोकै बसेको जनाउँदै बुढाले भने, ‘राति धेरै भोक लागेपछि पानी तताएर पिउने गरेका छौं।’

अर्थले बजेट नदिँदा समस्या

छात्रावासलाई दिइने नियमित अनुदान रकम अर्थ मन्त्रालयले निकासा नदिँदा समस्या बल्झिएको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताए ।

शिक्षा कार्यालयले चालू आर्थिक वर्षको सुरुमै दुवै छात्रावासको रकम कार्यक्रममा छुटाएको स्वीकार गर्दै शिक्षा अधिकारी थापा अहिलेसम्म छुट कार्यक्रममा ३ पटक लेखी पठाए पनि बजेट नआउँदा विद्यार्थी भोकै बस्नुपरेको बताए ।  अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ