जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थ"/>
२०८३ असार २, मंगलबार | ०३:४३ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुक ९ पुगे

जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थपिएका हुन् । यसअघि

साउदी अरब, संयुक्त अरब इमिरटस् (यूएई), बहराइन, इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले सम्बन्धविच्छेद भएको घोषणा गरको थिए । 

यस्तै, जोडर्न र जिबुटीले पनि कतारसँगको कूटनीतिक सम्बन्धलाई घटाएका छन् । कतारले आतंकवादी समूहलाई सहयोग गरको आरोप लगाउंदै ती मुलुकले सम्बन्धविच्छेद गरका हुन् । यसैबीच, रूसले साउदी अरब तथा उसका सहयोगी मुलुकहरूले कतारविरुद्ध गरको अवरोधले सिरियाको शान्तिप्रक्रियालाई थप कठिन बनाउने चेतावनी दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले खाडीको कूटनीतिक समस्याबार साउदी राजा सलमानसँग टेलिफोन वार्ता गरपछि क्रेमलिनले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

टर्कीका राष्ट्रपति रसेप तायिप इर्दोगानले पनि खाडी संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदसँग आग्रह गरका छन् । उनले कतारले टर्कीसँगै आतंकवादी संगठनविरुद्ध दृढ अडान राखेको पनि स्मरण गराएका छन् । यता साउदी राजा सलमानसँगको सोमबारको भेटमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले साउदीको सार्वभौमसत्ता र प्रादेशिक अखण्डताका पक्षमा पाकिस्तानी जनता र सरकारको समर्थन रहेको जनाएका छन्। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते