पढ्न करिब 2 मिनेट लाग्छ

असार ३, काठमाडौँ ।

सिरहामा प्रहरी चढेको गाडी तोडफोड

सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउ“दै हिँडेका कार्यकर्ताले काठमाडौंबाट सुनसरीतर्फ आइरहेको ना.५ख १४४० नम्बरको गाडी तोडफोड गरेका हुन् । गाडीमा ‘नेपाल प्रहरी’को ब्यानर झुन्ड्याइएको थियो । तोडफोड गरेको आरोपमा प्रहरीले राजपा कार्यकर्ता ललन झालाई पक्राउ गरेको छ ।

महोत्तरीमा निर्वाचन सामग्री जलाइयो

राजपा कार्यकर्ताले पिपरा गाउ“पालिकाका निर्वाचन अधिकृत लेखनाथ लुइँटेलसँग भएको निर्वाचन सामग्री खोसेर जलाइदिएका छन् । पिपराबाट जलेश्वर आउ“दै गर्दा प्रकौली चोकमा आन्दोलनकारीले आचारसंहिता, नियमावली, निर्देशिका, निर्वाचन पुस्तिकालगायतका सामग्री खोसेको लुइँटेलले बताए । ‘झोला खानतलासी गरेर निर्वाचन सामग्री निकाले र मलाई पैदलै जलेश्वर जान भने । म चढेको मोटरसाइकल र चालकलाई पिपरा नै फर्काइदिए,’ लुइँटेलले भने ।

करोडौँको सामान भन्सारमा

मधेस बन्दका कारण जलेश्वरस्थित भिठामोड नाकामा करोडौँको मालसामान थन्किएको छ । पेट्रोलियम पदार्थसहित विभिन्न दैनिक उपभोग्य सामान थन्किएका हुन् । आलु, प्याज, फलफूललगायतका सामग्री बिग्रिन थालेको भिठामोड भन्सार कार्यालयले जनाएको छ । यता स्थानीय प्रशासनले भने स्कर्टिङ गरेर भए पनि थन्किएका सामग्री गन्तव्यसम्म पु¥याउने जनाएको छ । यसैबीच तीन दिनदेखि पेट्रोलियम पदार्थ आउन नसकेकाले वीरगन्जका पम्प बन्द भएका छन् । उपभोक्ताले भने पम्पहरूले नै कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् । आइतबारबाट मात्रै पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने उनले बताए ।

तर, परीक्षामा अवरोध भएन

१ असारदेखि सुरु भएको ११ कक्षाको परीक्षामा भने राजपाले अवरोध गरेको छैन । जिल्ला शिक्षा कार्यालय सिरहाका अनुसार आन्दोलनकारीले परीक्षालाई सहज रूपमा सञ्चालन गर्न दिएका छन् । तर, विद्यार्थी ओसार्ने गाडी भने चल्न दिइएको छैन ।

आन्दोलनका कार्यक्रम

राजपाले १४ असारमा हुने निर्वाचन सक्रिय बहिष्कार गर्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको राजपाको बैठकले आफूहरूसँग भएको सम्झौताविपरीत सरकारले निर्वाचन गर्न लागेको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ । राजपाले ३ असारमा मधेस र थरुहटमा लाठी जुलुस प्रदर्शन गर्ने र ४ असारमा ती क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगका अनुसार ४ असारमा उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ । मनोनयनलाई अवरोध गर्ने गरी राजपाले आन्दोलनलाई निरन्तरता दिन लागेको हो । -नयाँ पत्रिका दैनिक