साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ ।

नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारी छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको जनाइएको छ ।

नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, कांग्रेसलाई १३ मन्त्रालय र माओवादीलाई नौ मन्त्रलाय बाँडिने सहमति भएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन । अध्यक्ष प्रचण्डले दुबै दलका दोस्रो तहका नेतालाई मन्त्रालय टुंग्याउने जिम्मा दिएका छन्

यता, माओवादीबाट को को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यमा जुटेका छन् । महराको हातमा दर्जन ठूला सूचि समेत बनिसकेको स्रोतले बतायो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा गृहमन्त्री भने कांग्रेसको भागमा पर्ने भएको छ । यता, महराले उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने धेरै सम्भावना छ । नेता दर्नादन शर्मा भने गृह मन्त्रालय नपाए सरकारमा नजाने अठानमा छन् ।

ओलाी सरकारको पालमा शिक्षामन्त्री सम्हालेका गिरिराजमणी पोखरेल र सामान्य प्रशासन मन्त्रालय सम्हालेकी रेखा शर्मा अब बन्ने मन्त्रीमण्डलमा दोहोरिने सम्भावना छ । थारु क्लस्टरबाट सन्तकुमार थारुको सम्भावना हटेकाले गौरीशंकर थारु मन्त्री मण्डलमा पर्ने चर्चा धेरै रहेको छ ।

त्यस्तै भेरी कर्णालीबाट महेन्द्रबहादुर शाही, राप्तीबाट टेकबहादुर बस्नेत,नेता राम कार्की, प्रमुख सचेतक हितराज पाण्डे, मधेसबाट प्रभु साह, दलितबाट दलजीत श्रीपाइली मन्त्री हुने सम्भावना बढि रहेको चर्चा माओवादी केन्द्रमा छ । -साँघु साप्ताहिक

July 18, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
माओवादीबाट को-को बन्दैछन् मन्त्री ?
By साझासवाल
4 मिनेट पढाइ