फाइल तस्बिर

साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् ।

तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए ।दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे ।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ ।

‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन् । -नागरिक दैनिक

July 19, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
राजधानीको एक दम्पतीको सेक्स भिडियो बाहिरिएपछि…
By साझासवाल
5 मिनेट पढाइ