साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समूहले गरेको असफसल कूको समयमा इस्तानबुलको आइबिस होटल ट्याक्सिसमा युनेस्कोको ४० औँ बैठकमा सहभागी हुन पुगेका ८ सदस्यीय टोली बसेको थिए ।

कूको बेलाको स्थिति बताउँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, ‘रातिको समयमा कर्फ्यु लागेकाले होटल पुरै बन्द गरियो । हामीलाई कतै नजान अलर्ट गरियो ।’ जताततै विद्रोही सेना र राष्ट्रपतिका समर्थकबीच भएको भीडन्तले मनै झसंग भयो, तैपनि टर्कीले विदेशी पाहुनालाई उच्चस्तरको सुरक्षा दिएकाले आफूहरुलाई कुनै समस्या नभएको दाहालले बताए ।

सरकारले कडा सुरक्षाको घेरामा राखेर पाहुनालाई लाने र लैजाने गरेको कारण पूर्ण सुरक्षाको अनुभूति भइरहे पनि कतै कुनामा डर भने रहिरहेको उनले स्मरण गरे । भ्रमण छोट्टाएर केही दिनअघि नै स्वदेश फर्कने तयारी गरेको नेपाली टोली विमानस्थल बन्द भएका कारण अन्तिम दिनसम्म बैठकमा सहभागी भएको थियो । कूको कारण बैठक सञ्चालनमा कुनै अवरोध नरहेको उनले बताए ।

मंगलबार बैठक सम्पन्न भएलगत्तै सबै राष्ट्रका प्रतिनिधि स्वदेश फर्किसकेका छन् । इस्तानबुल विमानस्थलबाट कुरा गर्दै बैठकमा सहभागी दाहालले भने, ‘यस्तो लाइभ भिडन्त कहिल्यै पनि देखेका थिएनौँ, तनावै तनावबीच बैठक सम्पन्न भयो ।’

विद्रोहीले ट्यांक सहित बमबारी गर्दात आफूहरुलाई केही हुने होकी जस्तो लागेको बताउँदै दाहालले भने, ‘तर धन्य टर्कीको सुरक्षा व्यवस्थित भएकाले केही भएन ।’ -नेपाल समाचारपत्र दैनिक

टर्कीको ‘कु’बारे नेपालीको लाइभ-‘भिडन्तमा धन्न बाँचियो’