साउन ५, काठमाडौं । भन्छन् नी, ओलारो लागको मृग बसैको खेलाईमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि ।

हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित अख्यितारको खेदाईबाट अदालतको सहारामा उन्मुक्त हुन पाएका थिएनन्, सरकारी निकायको फन्दामा पुगेका छन् । राजस्व अनुसन्धान विभागले जारी गरेको ‘हाजिर हुन आउने’ सूचनालाई बेवास्था गर्दा अहिले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

इङ्ल्याण्डको एचएसबीसी र स्ट्याण्डर्ड चार्टर्ड गरी दुई बैंकमा उनका सातवटा खाता छन् । केही एकल र केही खाता पत्नी शान्तासँग जोडिएका छन् । कुनै खातामा ११, कुनैमा ४३ त कुनैमा २५ पाउण्ड मौज्दात देखिन्छ ।

एसएसबीसीमा १ लाख ३६ हजार कित्ता शेयर भेटिएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकमा ३६ हजार कित्ता सरकारी निकायले पत्ता लगाएको छ । राजस्वले सात दिनमित्रै हाजिर हुन आउने सूचना सम्बन्धित व्यक्तिलाई दिन नसकेपछि असार १३ गते छोरा इलमलाई थमायो । -जनआस्था साप्ताहिक

July 20, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
कनकमणि दीक्षित प्रहरीको ‘मोस्ट वान्टेड’मा
By साझासवाल
3 मिनेट पढाइ