साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई तुहाउने र बन्न नदिने खेलमा एमाले अध्यक्ष केपी ओली हात धोएर लागेका छन् । उनलाई हवाई सपना देखाइदिनेले देखाइदिए ।

उनी हावाको भरमा उचालिए । प्रक्रिया अगाडि बढाउन भन्दा पनि प्रक्रिया रोक्नका लागि उनलाई अरु कुनै उपाय आवश्यक पर्दैनथ्यो तर जे गर्नु हुँदैनथ्यो उनले त्यही गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्रीको पदमा औपचारिक रुपमा मात्रै रहेका तर आज हो कि भोलि विदाइको दिन पर्खिरहेका ओलीले कालो सूचीमा रहेको चिनियाँ ठग कम्पनीलाई बुढीगण्डकी सुम्पने योजना बनाएका छन् ।

ठूला करदाता कार्यालयले कालोसूचीमा राखेको र नेपालमा अब काम गर्न समेत प्रतिबन्ध लगाउनु भन्ने सिफारिस गरेको चाइना गेजुवा ग्रूप कर्पोरेशनलाई ओलीले सुम्पिन लागेका छन् । रुपमा राष्ट्रवादको जामा लगाएर नेपाली जनतालाई उल्लु बनाउँदै आएका केपी ओलीले कालो सुचीमा रहेको कम्पनीलाई आयोजना सुम्पन खोज्नु कानुनी रुपमा मिल्ने विषय त हुँदै होइन, त्यसमाथि उनले नीतिगत भ्रष्टाचार समेत गर्न लागेको देखिन्छ । – जनआह्वान साप्ताहिक

July 22, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
बुढीगण्डकी तुहाउने खेलमा केपी ओली
By साझासवाल
3 मिनेट पढाइ