साउन ७, काठमाडौं | प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ।

महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए।

महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ।

जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पास पीआरधारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोलाएर ठगि गरेका थिए।

उनले सृजनालाई विवाहको आश्वासन दिएर उनकै भाई सन्जय दोङ र मिम लामाबाट थप १३ लाख गठी गर्न सफल भए । हालसम्म चार व्यक्तिबाट ३१ लाख रुपैयाँ तुलबहादुरले ठगी गरेको खुलेको छ। – नागरिक दैनिक

July 22, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
फेसबुक मार्फत विदेशबाट युवती डाक्दै ठगी
By साझासवाल
3 मिनेट पढाइ