Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अभर पार्छ नेपाल टेलिकमले!

By साझासवाल 3 मिनेट पढाइ

साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’ के गुनासो परेछ त…? सोच्दासोच्दै विपिनले नै भनिहाले, ‘यहाँ मोबाइल नेटवर्कले काम नगरेको तीन दिन भइसक्यो अहिलेसम्म सुधार भएन।’

विपिन टेलिकम कार्यालयको नम्बर झुक्किएका होइनन् । सम्बन्धित निकायबाट पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यमको सहारा खोजेका रहेछन् । ललितपुर, दोलहाटीका विपिन मुलुकै अग्रणी दूरसञ्चार सेवा नेपाल टेलिकमको सिमकार्ड बोक्छन् । र तीनदिन यता उनी यही कम्पनीको कमसल सेवाले हैरानी खेपिरहेका छन् ।

हामीकहाँ छिनछिनमा नेटवर्क टुट्नु नौलो होइन, विपिनलाई राम्रै थाहा छ । तर, तीनदिन धैर्य गर्दा पनि नेटवर्क नफर्किएपछि भने उनले आफूलाई थाम्न सकेनन् ।

‘टेलिकम मात्र होइन, पुलिसलाई समेत फोन गरे, कसैले पनि चित्तबुझ्दो जवाफ दिएनन्,’ उनले भने,‘ एनटीसीमै भर परेका हामीजस्ता ग्राहकलाई गाह्रो हुन्छ भन्ने किन नबुझेका होलान् ।’ दैनिक जीवनसँग छुटाउनै नसकिने बनेका मोबाइल गाह्रोसाह्रोमा काम देला भनेरै बोक्ने हो । त्यसैले विपिनको गुनासो अर्थपूर्ण छ। – नागरिक दैनिक