भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख्ने नेताहरुले त्यस्तो दाबी गरेका हुन् । बैठकमा नेताहरु घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा. पुष्प कँडेल, केशव बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा राखेको सचिव योगेश भट्टराईले बताए ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिष्पर्धामा बहुमतसहितको पहिलो पार्टी बनाउने अठोटसमेत बैठकमा प्रकट भएको छ,’ सचिव भट्टराईले भने ।

नेताहरुले त्यसका लागि चुनावी तयारीका लागि आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा बढि जोड दिएका छन् । -नयाँ पत्रिका दैनिक

August 19, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने एमालेको भित्री योजना यस्तो छ !
By kit
2 मिनेट पढाइ