भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी"/>

2026-06-17 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा जाँदा अलमलियो माओवादी, नेता-कार्यकर्ता निराश

2016-08-21

भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको नागरिक दैनिकमा समाचार छ ।

पार्टीका लागि सरकारमा सहभागीता भन्दा पनि एकता महाधिवेशन महत्वपूर्ण ठानिएको बेला, ‘सीमित नेताको चाहना’मा सरकारको नेतृत्व गर्दा पार्टीका आन्तरिक काममा समस्या पर्न थालेको माओवादी नेता-कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

माओवादीका एक हेडक्वाटर सदस्यका अनुसार १० वटा कम्युनिष्ट घटकको एकीकरणपछि अधिकांश नेता-कार्यकर्तालाई व्यवस्थापन गर्न नसकिरहेकै अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पार्टीको आन्तरिक काममा समस्या पर्दै आएको छ ।

‘एकीकरणको विवाद मिलाउन नसकेर २१ सयभभन्दा बढीको केन्द्रीय कमिटी घोषणा गर्दा पार्टीभित्रै व्यंग्य भइरहेको छ,’ ति नेताले भने, ‘आन्तरिक समस्याको व्यवस्थापन नहुँदै सरकारमा गएपछि सिंगो पार्टी र कार्यकर्ता अलमलमा परेका छन् ।’

कांग्रेस-माओवादी गठवन्धनमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेपछि त्यसको असर पार्टीको आन्तरिक काममा देखिन थालेको भन्दै नेता-कार्यकर्ता निराश भइरहेका छन् ।

आउँदो पुस २३ गते गर्ने भनिएको पार्टी एकीकरणपछिको पहिलो महाधिवेशन रोकिएको निर्णय सुनेपछि झन् धेरै नेता-कार्यकर्ता निराश भए । शुक्रबार माओवादीको कार्यालय बैठकले भदौ ११ गतेका लागि तोकिएको महाधिवेशन आयोजक समितिको बैठक र पुस २३ गतेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ