भदौ ६, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पाँच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको घोषणा गरेका हुन् ।

माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा मदनवादीका विष्णु ढुंगाना, इस्लामहवारी र सुदर्शनले हस्ताक्षर गरेको वक्तव्यमा त्यसको घोषणा भएको हो ।

परिबन्दले माओवादी क्रान्तिकारी अनेक ठाउँमा छरिन पुगेको भन्दै वक्तव्यमा अब धुव्रीकृत भएर विद्रोह गर्ने प्रतिबद्धता उल्लेख छ ।

‘क्रान्तिकारीको यो अन्तिम पुनःएकीकरण र ध्रुवीकरण होइन,’ वक्तव्यमा भनिएको छ, ‘सम्भव भएसम्म संस्थागत, संस्थागत नभए क्रान्तिकारी शक्ति आफ्नो आफ्नो ठाउँबाट एकीकृत र ध्रवीकृत हुन आवश्यक छ ।’ -कान्तिपुर दैनिक

August 22, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
पाँच माओवादी विप्लव माओवादीमा मिसिए
समाचार सेयर गर्नुहोस्
By kit
2 मिनेट पढाइ