भदौ ९, काठमाडौं | प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ।

कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए। अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन्।

त्यति मात्र होइन, अघिल्ला वर्ष शिक्षाशास्त्रको कार्यक्रम सञ्चालन नगरेकाले पनि यसपालि सुरु गरेका छन्। यसअघिका वर्षहरूमा देशभरमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या धेरै भए पनि उपत्यकामा विद्यार्थी नपाएपछि शिक्षा र मानविकी पढाउने संस्था घट्दै गएका थिए |

एकदमै कमजोर नतिजा भएकाहरूले समेत प्रवेश पाएपछि उपत्यकाका समेत शिक्षाशास्त्रमा भीड बढेको हो। ०७२ को एसएलसी परीक्षामा लेटरग्रेडिङ प्रणालीमा पहिलोपटक नतिजा निकालेको छ।

कक्षा ११ मा भर्ना गर्ने आधार तय गर्दा पनि सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्न सक्ने गरी बाटो खुला गरेको छ। उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डका कारण डी प्लस पनि नचाहिने मानविकीका विषयहरू पपुलेसन, सोसल, आरडीजस्ता विषयमा विद्यार्थी भर्ना हुने भएका छन्।

गान्धी आदर्श माविमा अघिल्लो वर्ष एजुकेसन स्ट्रिममा कक्षा ११ मा २७ जना भर्ना भएकामा यो वर्ष सयभन्दा बढी पुगेका छन्। ‘पहिले एजुकेसनको एउटा सेक्सन हुन्थ्यो, अहिले दुईवटा सेक्सन भएको छ, विद्यार्थी बढिरहेका छन, सेक्सन थप्नुपर्ने अवस्था छ,’ माविका प्राचार्य गणेश चन्द भन्छन्।

नेपालमा सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्ने गरेका छन्। शिक्षा मन्त्रालयले नै सबैभन्दा कमजोरलाई शिक्षाशास्त्र पढ्ने बाटो देखाएको हो। तर, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सक्षम विद्यार्थी मात्र शिक्षक बन्ने तर्क गरे। ‘सक्षम व्यक्ति शिक्षक बन्नुपर्छ,’ लम्सालले भने, ‘कमजोरले शिक्षाशास्त्र पढ्न पाए पनि शिक्षक छनोटका लागि हुने परीक्षामा मेरिटमा अगाडि आउनेहरू मात्र शिक्षक हुन पाउँछन्। पढेका सबै शिक्षक हुँदैनन्।’ – नयाँ पत्रिका दैनिक

सबैभन्दा कमजोरलाई शिक्षक बनाइँदै