भदौ २५, काठमाडौं | भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन। तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ।

दुई देशबीचका विभिन्न सन्धी सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन्।

चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन्। शुक्रबार सम्पन्न गृहसविचस्तरीय बैठकमा आतंकबाद, लागूऔषध, मानवेचविखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो।

बिहीबार र शुक्रबार भएको नेपाल र भारतका गृहसचिवस्तरीय वार्तामा पनि यसबारे कुनै छलफल भएन। नेपालले वार्तामा त्यससम्बन्धी एजेन्डा नै समावेश गरेको थिएन। भारतको अध्यागमनको वेबसाइटमै चीन हुँदै भारत गएमा नेपालीलाई पनि भिसा आवश्यक हुने प्रावधान उल्लेख छ।

खुला सिमानाका कारण दुई देशबीच विशेष सम्बन्ध छ, सोही कारण एक अर्का देशमा जाँदा भिसा लिनुनपर्ने सम्झौता भएका छन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धिमै एक अर्काको देशमा राहदानी तथा भिसाविनै यात्रा गर्नसक्ने उल्लेख छ। तर, त्यसविपरीत भारतले अध्यागमन प्रावधान लागू गरेको छ।

September 10, 2016
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
भारत जाँदा नेपालीलाई भिसा !
By साझासवाल
4 मिनेट पढाइ