Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 17, 2023 राजनीति

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

By साझासवाल

चैत ३, काठमाडौँ | उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाइन्। तर, उनले रामसहायलाई समर्थन गर्र्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।

निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।