Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 24, 2023 राजनीति

माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई भने- पैसाको लोभ नगर्नुस् है

By साझासवाल

चैत १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे।

भेटवार्तामा समसामयिक राजनीतिलगायत विषयमा कुराकानी भयो। नेकपा ब्युँताउनेदेखि सरकार बिस्तार गर्नेसम्मका कुराकानी भेटवार्तामा भएका थिए।

यो कुरा अध्यक्ष नेपालले आज दिउँसो काठमाडौंमा पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा खुलाए।

‘आज बिहान मात्रै मैले प्रधानमन्त्रीजीलाई भनेँ- यो जीन्दगीमा धन भन्ने चिजले के गर्छ हँ? तपाईंको श्रीमती अस्वस्थ भई कष्टपूर्ण जीवन बिताउँदै हुनुहुन्छ। त्यसबाहेक तपाईंका सन्तान सबै हुर्किसकेका छन्। त्यसो हुनाले तपाईं पैसाको लोभ नगर्नुस् है,’ प्रधानमन्त्री प्रचण्डलाई भनेका कुराबारे अध्यक्ष नेपालले सुनाए।

देशमा क्षमता भए पनि अवसर नपाएका मानिस धेरै भएको उनले बताए।

‘लोभमा हामी फस्यौं भने देश खत्तम हुन्छ। बल्लबल्ल श्रीलंका हुनबाट उम्कन लागेको छ। पैसाबिना कुनै पनि फाइल र कुनै पनि काम हुँदै हुँदैन। यो स्थिति कसरी अन्त्य गर्ने?,’ उनले भने।

आफू प्रधानमन्त्री भएका बेला २२ पार्टीलाई मिलाएर मुलुक चलाएको बताउँदै अध्यक्ष नेपालले १० पार्टीलाई मिलाएर अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए।

अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताए।

‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे,’ उनले भने, ‘राम्रो हुन्थ्यो? राष्ट्रपति पाउनु ठूलो थिएन। धोका दिने गरी अघि बढ्न चाहिएन। कांग्रेसलाई राष्ट्रपति बन्नुस् भनेको हो।’