Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 28, 2023 राजनीति

प्रधानमन्त्रीलाई भेटेपछि नेकपा एसले बोलायो सचिवालय बैठक

By साझासवाल

चैत १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक डाकेको छ।

​१२ बजेलाई बोलाइएको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।

नेकपा एसलाई प्रधानमन्त्रीले २ वटा मन्त्रालयसहित सहभागी हुन आग्रह गरे पनि उसले गृहसहित ३ वटा दाबी गर्दै आएको छ। तर प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ।

बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ। आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ। प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन्।