<p><b>चैत १४, काठमाडौँ | </b>मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/429da183e399c9eb56930e5f3854ebc91680003496.jpg" style="width: 1035px;"><br></p><p>बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्छ । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी हुनुहुन्छ ।</p>
बालुवाटारमा गठबन्धन दलको बैठक सुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने
