Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

५ नम्बर प्रदेशलाई तलमाथि गरे निर्णायक लडाई लड्छौं: रायमाझी

By kit 4 मिनेट पढाइ

असोज ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउँने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने,‘७ प्रदेशको टुँगो लागिसकेको छ, संविधानमा हाम्रा पनि केही रिजर्भेसनहरु थिए, तर सिमांकनको सामान्य हेरफेर बाहेक पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक आन्दोलनमा उत्रिन्छौं ।’

साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने,‘प्रदेश सिमांकन मिलाउने नाममा पहिल्यै मिलेर बसेका जिल्लाहरुलाई अलग बनाएर क्षत विक्षत बनाउने काम भए कसैले मान्दैन, हामी अर्को निर्णाय लडाई लड्छौं ।’ उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए ।

विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ । रायमाझीले अघि थपे,‘भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टि सोच्नुपर्छ ।’ उनले आन्दोलन गरेरमात्रै सबै कुरा पाउने भए आफूहरुलाई पनि संविधानमा चित्त नबुझेको बताउँदै भने,‘अरे, सबै कुरा आन्दोलन गरेरमात्रै हुने हो भने हाम्रा माग र विचारहरु पनि संविधानमा समेटिनुपर्छ ।’ रायमाझीले प्रश्न गरे,‘मधेशवादी दलको मात्रै किन ? हाम्रोपनि विषयमा संविधान संशोधन हुनुपर्छ ।’’

विवादित जिल्लाहरु झापा, मोरङ्, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने रायमाझीले चूनौति दिए । उनले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै संविधान संशोधनको लागि दुई तिहाई चाहिने भएकाले प्रमुख दलहरुवीच सहमति अनिवार्य आवश्यक रहेको बताए ।

उनले आक्रोश पोखे,‘हैसियत सानो छ नि ठूलो कुरा गर्ने ?’ अहिले बजारमा आईरहेको यस्ता हल्लाले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भैरहेको रायमाझीको आरोप थियो ।