बैशाख ३, काठमाडौँ | नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदभार सम्हाल्दै उहाँले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो । मन्त्री साउदले भन्नुभयो, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आजै मन्त्रीमा नियुक्त उहाँलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

छिमेकी मुलुकसँग सधँै घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : नवनियुक्त मन्त्री साउद