Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 24, 2023 राजनीति

उपनिर्वाचन: तीन वटै निर्वाचन क्षेत्रमा धमाधम मतगणना (मत परिणाम सहित)

By साझासवाल

बैशाख ११, काठमाडौँ | आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएको छ । तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । हालसम्म २७ हजार ४४ मत गन्दा वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ०३६ मत पाएका छन् | भट्टराईभन्दा वाग्ले ५,७१३  मतले अगाडि छन्। वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन्।

यस्तै बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पछि रहेका छन् ।

यो क्षेत्रमा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् ।

यस्तै चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । चितवनमा रास्वपाका सभापति रवि लामिछानेसहित कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

बारा २ मा ६८ हजार ८८७, चितवन २ मा ७८ हजार २७७ र तनहुँ १ ६३ हजार ७५७ हजार मत खसेको थियो ।