Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 3, 2023 राजनीति

सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान

By साझासवाल

<p><b>बैशाख २०, काठमाडौँ | </b>सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि&nbsp; तिमिल्सनाले भने,&nbsp; ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’ उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।&nbsp;<br></p><p>तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दल बीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।</p>