Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 11, 2023 राजनीति

इन्द्रजीतलाई ‘टर्चर’ दिने प्रहरीलाई कारबाही माग गर्दै मानव अधिकार आयोगमा निवेदन

By साझासवाल

वैशाख २८, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर मानसिक यातना दिएको घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ ।

आयोगसमक्ष परेको निवेदनमा राज्यको सुरक्षा निकाय प्रहरी र त्यहाँका पदाधिकारीहरूले नै मानव अधिकारको उल्लंघन गर्नु लोकतान्त्रिक शासनको उपहास भएको उल्लेख छ ।

म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाँदा राईले आफूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिइएको न्यायाधीशसमक्ष बताएका थिए ।

आयोगमा बिहीबार २०६४ नम्बरमा दर्ता भएको निवेदनमा लेखिएको छ, ‘तथ्य र प्रमाणको आधारमा निष्पक्ष छानबिन गर्नुपर्नेमा आग्रह र पुर्वाग्रहका साथ कसैमाथि कुनियतबस जबर्जस्ती गलत कुरालाई बोल्न लगाउनु अपराध हो, यस्तो कार्य न्यायसम्मत हुनै सक्दैन ।’

गैरकानूनी मानसिक यातनाबाट व्यक्तिको ज्यानसमेत जान सक्ने भएकाले नीज पीडितको जीउ ज्यानको रक्षा गरी टर्चरमा संलग्न प्रहरी अधिकारीहरुलाई कारबाहीको गरि मानवअधिकार रक्षा गरिदिनुहुन अनुरोध गर्दछौं ।