जेठ २, काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।

बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिनुभएको थियो । समितिमा २५ सांसद सदस्य हुनुहुन्छ । गत वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको थियो ।

समितिमा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका सात, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन÷तीन, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका एक÷एक सांसद सदस्य हुनुहुन्छ । बैठकमा समितिका सचिव रामकुमार पौडेलले समितिको समान्य परिचय र कार्यक्षेत्रका बारेमा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपभोक्ता हितसँग सम्बन्धित विषय सो समितिको कार्यक्षेत्र रहेको छ ।

संसदीय समितिको बैठकमा स्वागत र परिचय