जेठ १८, कञ्चनपुर | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

यस्ता छन् संयुक्त पत्रकार सम्मेलनका मुख्य आकर्षण :

–भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन

–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

–नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन

–अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

–सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी

–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता

–क्रस बोर्डर पेमेन्टबारे समझदारी

नेपाल र भारतबीच के–के भयो सम्झौता ?