Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

संविधान संशोधनको प्रक्रिया अघि बढाएका छौँ: उपप्रधानमन्त्री निधि

By kit

असोज १२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभई कुनैपनि निर्वाचन गर्न सकिन्न भने बोध सरकारलाई रहेको बताएका छन् ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले भने–“राजनीतिक सहमति कायम गर्न संविधान संशोधनको लागि गृहकार्य र प्रक्रिया अघि बढाएका छौँ ।”

संविधान संशोधनसँगै निर्वाचन कानुनको तयारी तीव्रगतिमा भइरहेको बताउदै उपप्रधानमन्त्री निधिले निर्वाचन हुन्छ भन्नेमा कसैले शङ्का नगर्न आग्रह गरे ।

सबै विषय राजनीतिक सहमतिकै आधारमा टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले भने–“राजनीतिक दलका बीचमा संवाद र सहमति गरेर अघि बढ्ने सिलसिलामा बीचको बाटो अपनाएर इलाकालाई स्थानीयका रुपमा राख्ने विषय अघि बढाइएको हो ।”

गृहमन्त्रीले भने– “हाल कायम रहेका नगरपालिकाको संरचनालाई कायमै राखेर इलाकालाई स्थानीय तहका रुपमा अघि बढाउने सरकारले निर्णय गरेको हो ।”

उनले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनामा परेपछि भइरहेको खोजतलास तथा हिजो धादिङको मार्पाकमा भएको अर्को यात्रुबाहक बस दुर्घटनाबारे जानकारी दिए ।

समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, प्रदेश सभा सदस्य निर्वाचन विधेयक, स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयकलगायत सबै तहको निर्वाचनका लागि अत्यावश्यक विधेयक तर्जुमा र तयारीका सम्बन्धमा सरकार र निर्वाचन आयोगसँग जानकारी लिन आज बैठक राखेको थियो । रासस