<p><b>जेठ २६, काठमाडौँ | </b>सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो ।<br></p><p>माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो ।</p><p>तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि पीडितहरू वकिलमाथि खनिएका थिए । लफडा परेपछि प्रहरी बोलाएर स्थिति साम्य पारिएको छ । विवाद साम्य पार्न प्रहरीलाई १५ मिनेटजति लागेको थियो ।</p>
इच्छराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा
