Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 18, 2023 राजनीति

बालेनको घोषणा- भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र निषेध

By साझासवाल

असार ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् ।

बालेनले सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, चलचित्रबाट अहिलेसम्म उक्त संवाद हटाइएको छैन । नेपालको सेन्सर बोर्डले ‘भारत’ शब्द काटेर नेपालका प्रदर्शनको अनुमति दिएको थियो ।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । ’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बालेनको भनाइ छ । चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको उनले बताएका छन् ।