आरजु राणाले भनिन्- महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो

साझासवाल
1 Min Read

साउन ५, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्।

शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको बताइन्।

केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए। ती कार्ययोजनामा समेटिएका प्रस्तावका कार्यक्रमले दिने उपलब्धिबारे महामन्त्रीले प्रष्ट नखुलाएको पनि उनको भनाइ थियो।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्‍ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहीँ के त ? योभन्दा दुई तीनवटा उपलब्धिमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’

उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्। आरजुले थप्दै भनिन्, ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्‍नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’

नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताएकी छन्। उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्ने समेत बताएकी छन्।

Share This Article
Leave a Comment

Leave a Reply