२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे

२०८१, ३१ चैत्र आईतवार ११:५३

काठमाडौँ | शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। १२ दिनदेखि आन्दोलनरत उनीहरूले नेपाल शिक्षक महासंघसँग विगतमा भएका सहमतिअनुसार ऐन जारी गर्न माग गरेका हुन्। दैलेखदेखि आन्दोलनमा आएका देवेन्द्र अधिकारीले शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नभएको बताए।

उनले भने, ‘नयाँ शिक्षा ऐनको लागु हुनुपर्छ। २०२८ सालको शिक्षा ऐनले कहिलेसम्म शिक्षा ऐत्र चलाउने? नयाँ ऐन लागु गर्न विलम्ब भइसक्यो।’ अधिकारीले यसपटक शिक्षा ऐन लिएर मात्रै विद्यालय फर्किने बताए। ‘गत वर्ष पनि हामीले काठमाडौँमा आन्दोलन गरेका थियौं। त्यतिबेला सरकारले आशावादी बनाएको थियो। विभिन्न एजेन्डाहरूमा सहमति भएको थियो। त्यही सहमतिअनुसार शिक्षा ऐन लिन अहिले आन्दोलनमा आएका हौँ। ऐन लिएरै फर्किन्छौं,’ उनले भने।

त्यसैगरी, सप्तरीदेखि आन्दोलनमा आएका शिक्षकहरू ब्रह्मदेव यादव र नरेश प्रसाद रजवले सरकारले ऐन जारी गरे मात्र आन्दोलन रोकिने बताए। उनीहरूको भनाइ छ, ‘जनताका छोराछोरीहरूले पनि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनुपर्छ। सरकारले नयाँ शिक्षा ऐन जारी गरे मात्र आन्दोलन रोकिन्छ। यदि यसपटक पनि सरकारले चासो नदिए आन्दोलनलाई निरन्तरता दिन्छौं।’आन्दोलनमा आउँदा बस्न र खानको पनि समस्या भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी