सरकारलाई स्याबासी दिएका छौँ, हरेक विषय गिजोलेर छोड्ने काम नहोस् : रवि लामिछाने

साझासवाल
1 Min Read

साउन १०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले हरेक विषयलाई गिजोलेर छोड्ने काम मात्रै भएको टिप्पणी गरे।

‘हरेक विषय सरकारले सुरु गर्छ। अलि जरोसम्म पुग्छ कि भन्यो, त्यहाँ गएर अड्किन्छ, गिजोलिन्छ। नक्कली भुटानी शरणार्थीमा जरा कहाँ छ सारा जनतालाई थाहा छ। सुरुवात गर्‍याे, सरकार अड्कियो,’ उनले भने, ‘फेरि सरकारले ललितानिवास काण्ड सुरु गर्‍याे। ललितानिवासको जरो कहाँ छ सबै देशलाई थाहा छ। सरकार जरोमा जाँदैन त्यहाँ पनि गिजोल्छ। सुनकाण्डको पनि जरो कहाँ छ, आरोपितहरूको नाम त आइरहेको छ नि, तर सरकार त्यसको जरोमा जाँदैन, हाँगाबिँगा काटेर चुप लागेर बसिरहेको छ।’

कुनै पनि विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुने सभापति लामिछानेको चेतावनी छ। ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र नभई जरासम्म पुग्ने सहास लिएको भए ठीक छ। नत्र केही कर्मचारीलाई सरुवा गरेर फाइल खोलेझैँ गर्न थाले सरकारको दिन गन्न सुरु हुन्छ,’ उनले भने।

भ्रष्टाचारको विरुद्धमा चालेका कदमका लागि आफूहरूले सरकारलाई स्याबासी दिएको भन्दै उनले त्यसलाई फाइदाका रूपमा नलिन आग्रह गरे।

Share This Article
Leave a Comment

Leave a Reply