Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

२०८०, ११ श्रावण बिहीबार ०५:५९

साउन ११, काठमाडौँ | राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।  

उनले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताए । उनले भने–‘विमानस्थलको सुरक्षा व्यवस्थालाई छिचोल्दै सय किलो सुन बाहिर आएर पक्राउ पर्छ । त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई बलियो बनाउन सकिन भनेर विमानस्थल भन्सारसम्बन्धी सुरक्षाकर्मीलाई सस्पेन्ड गर्दै यो सम्मानित सदनलाई संशोधन गर्दै राजीनामा दिनुपर्थ्यो । तर त्यसो भएको छैन सभाध्यक्ष महोदय ।’

नेता दाहालले अगाडि भने–‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र ? त्यसैले यो विषय अब नैतिकताको विषय मात्र रहेन । अब हामीले यसलाई नैतिकताको विषय भनेर उठाउन खोजिरहेका छैनौँ । ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो । अब त यो विषय गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब त उहाँ अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ ।’

नेता दाहालले सरकारले नै तस्करीलाई सहयोग गरेकोले छानबिन गर्न नसक्ने भन्दै सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ