आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची !

साझासवाल
1 Min Read

साउन १६, काठमाडौँ | सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने छन् ।

यसैगरी, हिजो नै तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेस गर्ने  तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्ने कार्यसूचीलाई यथावत् राखिनेछ ।

Share This Article
Leave a Comment

Leave a Reply