Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

देशलाई दुर्घटना हुनबाट जोगाउनु पर्छ: मन्त्री केसी

By kit

असोज १५, पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्ने बताएका छन् ।

प्रजातन्त्र संवद्र्धन केन्द्र्रको आयोजनामा आज भएको ‘नेपालको पुनःनिर्माणमा प्रजातान्त्रिक समाजवाद दृष्ट्रिकोण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनवाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिलेको अप्ठ्यारो स्थितिको अन्त्य गर्नुपर्नेमा सबैसँग आग्रह गरे ।

मन्त्री केसीले २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन गर्न सकेनाँै भने संविधान कार्यान्वयन हुँदैन र देश संविधानविहीन हुनेमा चिन्ता व्यक्त गरे ।

“हामी अहिले सबै एउटै डुङ्गामा छौँ, डुङ्गा दुर्घटना भयो भने हामी सबै पर्छौं”, भन्दै उनले भने– “यसबाट देशी तथा विदेशी प्रतिक्रियावादी खुसी हुनेछन् तर नेपाल र नेपाली जनतामा भने अरु धेरै चुनौती थपिने छन् ।”

उनले संविधान संशोधन हुने दस्तावेज हो तर जातीयता र क्षेत्रीयतामा विखण्डन आउने मूलभूत विषयबाहेक अरु धारालाई संशोधन गरेर देशलाई निकास दिन सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।

मन्त्री केसीले पार्टी नेतामुखीभन्दा नीतिमुखी हुनुपर्छ भन्दै काँग्रेसलाई एक्लाउने खेल सुरु भएकाले यसमा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे । पूर्व महामन्त्री तारानाथ रानाभाटले बिपीको आदर्श र विचारभन्दा फरक ढङ्गले पार्टी चलेको बताए ।

केन्द्रका अध्यक्ष जगदीशचन्द्र पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, गुरु घिमिरे, केन्द्रका उपाध्यक्ष डा यज्ञप्रसाद अधिकारीलगायतका वक्ताले कार्यक्रमका बारेमा  बोलेका थिए । रासस