वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थासँग विभागले माग्यो कर्मचारी विवरण

साझासवाल
1 Min Read

साउन १९, काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग वैदेशिक रोजगार विभागले कर्मचारी विवरण माग गरेको छ ।

यस्तो संस्थाले तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्तो विवरण माग गरेको हो ।

विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनले समेत अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पालना नगरेको पाइएको विभागले जनाएको छ ।

विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण ७ दिन भित्र बुझाउन भनेको छ ।

कर्मचारी विवरण अध्यावधिक नगरे यस्तो संस्थालाई कारवाही हुने विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

Share This Article
Leave a Comment

Leave a Reply