2026-09-14 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वाणगंगा यातायात ब्यावसायीद्धारा सम्मान कार्यक्रम सम्पन्न

माधव बेल्वासे/पुस २१, कपिलवस्तु  । कपिलवस्तुका सांसदहरुले जिल्लाको सम्रग  विकाशको लागी प्रतिवद्धता जनाएका छन । 

वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी दलहरु एक आपसमा  मिलेर कपिलवस्तुको विकाश गनुपर्ने वताए ।जनता को मतलाई कदर गर्दै जनतासग गरेको प्रतिवद्धताहरु पुरा गर्ने जनाए ।

चुनावको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएको  भएपनि अव हातेमालो गरेको जिल्लाको सवै पक्षमा विकाश गर्नुपर्ने जनाए ।जिल्ला एक एतिहासिक जिल्ला रहेकोले पर्यटकहरुको आगमनका लागी पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी यस जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेमा जोड दिए ।प्रदेशको राजधानी बनाउने सन्र्दभमा वोल्दै सांसद गुप्ताले कपिलवस्तु प्रदेशकै केन्द्र रहने भएकाले यसलाई राजधानी बनाउनुपर्ने जिकिर गरे ।

दाङ र वुटबल राजधानी हुने हल्ला आएपनि स्थायी राजधानी कपिलवस्तुको विकल्प नरहेको उद्धघोष गरे ।यदि यस विरुन्द्ध भएमा कपिलवस्तु वासी सडकमा उत्रिने चेतावनी दिए ।

त्यस्तै क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु एक करिडोर रहकोले अव विकाश गतिले तिव्रता लिने जनाए ।सवै राजनितिक दल एकजुट भएर कपिलवस्तुको विकाशमा लाग्नुपर्नेमा सांसद शाहले जोड दिए ।कपिलवस्तुमा किसानहरुका धेरै समस्या देखीएकोले अव सवैको ध्यान कृषि तर्फ लागेर यस जिल्लालाई कृषीमा विकाश गर्नुपर्ने वताए ।विकाशका वजेटहरु सडक निमार्णमा मात्र लाग्ने गरेकोले अव अन्य क्षेत्रमा वजेटको विनियोजन गनुपर्ने वताए । 

हाल सम्म सविद्यान निमार्ण र कार्यन्वयन तर्फ भएपनि अव देश आर्थिक समृद्धी तर्फ लाग्ने जनाए ।राजधानीको सवालमा बोल्दै सांसद शाहले प्रदेश न ५ को राजधानि कपिलवस्तुको विकल्प नरहेको वताए ।

कपिलवस्तुका संसादहरुले कपिलवस्तु प्रदेशको राजधानी हुनुपर्ने वताएका छन ।गौतम वुद्ध जन्मेको स्थान तथा एक एतिहासिक पर्यटकीय स्थलहरु रहेकोले यो जल्लामा प्रदेशको राजधानि हुनुपर्ने माग रहेको छ ।

सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु प्रतिनिधि सभा ३ प्रदेश सभा १ का सदस्य अर्जुन कुमार केसीले पिछडिएको जिल्ला भनेर चिनिने कपिलवस्तुलाई यस क्षेत्रका जनताको जवनस्तिर उकास्नुपर्ने वताए ।कपिलवस्तु जिल्लामा २ मेघा पोरजेक्ट आवश्यक रहेको वताए ।तिलौराकोट व्यावस्थित र राप्ती  तथा नौमुरे परियोजना संचालनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु क्षेत्र १ का प्रदेश सभा १ का सदस्य विष्णु पन्थि,१ को २ का सदस्य सहसराम यादव,क्षेत्र २ का प्रदेश सभा १ का सदस्य दृघनारायण पाण्डे,क्षेत्र न २ प्रदेश सभा २का सदस्य धर्मवहादुरलाल श्रीवास्तव लगाएतले सवै हातेमालो गरेर कपिलवस्तुको विकाश गर्नुपर्नेमा जोड दिएका थिए ।वाणगंगा यातायात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगाएत पदाधिकारीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ