Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध छः परराष्ट्रमन्त्री

By kit 4 मिनेट पढाइ

कात्तिक ५, बनेपा । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताएका छन् ।

नेपाल समसामयिक अध्ययन केन्द्रले आज धुलिखेलमा आयोजना गरेको “नेपाल– भारत सम्बन्ध” विषयक गोष्ठीमा उनले भने– नेपाल भारत सम्बन्धको विषय कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन् ।

मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल भारतबीच विगतमा देखिएको तिक्ता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताए ।

“हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुँदैन उनले भने– नेपालको विषयमा चीन र भारतसँग समान खालको कुराकानी भएको छ । ” मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको बताए ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनिकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

उनले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारत विरोधी भावना बढाएको बताए । नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछि मात्र नेपालको विकास प्राथमिकतामा पर्ने बताए ।

भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल– भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका छ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन् । गोष्ठीमा नेपाल भारतबीचको बहुआयामिक सम्बन्धसंग सम्बन्धीत छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत हुने छ ।