मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

ने"/>

२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य: राष्ट्रपति

२०७३, १ मंसिर बुधबार १५:०८


मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युटले यहाँ आज आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौतामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरण र जनताप्रति जिम्मेवार हुनका लागि आवधिक निर्वाचनतर्फ अघि बढ्नु आजको टड्कारो आवश्यकता हो भन्नुभयो । राष्ट्रपतिले भन्नुभयो, “मुलुकलाई आवधिक निर्वाचन र शान्तितर्फ लैजानु प्रमुख कदम हो । 

यस कार्यमा सबैको पक्षको सहयोग हुने मैले विश्वास लिएको छु ।” 

शान्ति र समृद्धि एकअर्काका परिपूरक भएको बताउँदै उहाँले भन्नुभयो, “आफ्नो राष्ट्रप्रति गौरव गर्ने, सुखी र मर्यादित जीवन व्यतीत गर्न पाउने जनचाहना पूरा गर्न दिगो विकास, न्यायपूर्ण व्यवस्था, सहभागितामूलक शासन प्रणाली, राजनीतिक स्थायित्व र सुशासनका माध्यमबाट दिगो शान्ति हासिल गर्नु र सामाजिक आर्थिक अभियानको रुपान्तरणमा सहभागी हुनु हाम्रो मुख्य दायित्व हो ।” 

संविधानसभाबाट निर्मित संविधान अनुरुप दिगो शान्ति कायम गरी बढ्दो जनाकाङ्क्षाको सम्बोधन र सामाजिक, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आजको आवश्यकता भएको उहाँको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले न्याय र समानतामा आधारित विकास तथा समृद्धिको बाटामा मुलुकलाई तीव्र गतिमा लैजान संविधान कार्यान्वयनमा एकताबद्ध हुनु हामी सबैको महत्वपूर्ण कार्यभार हो भन्नुभयो । 

उहाँले सशस्त्र द्वन्द्वका भौतिक र भावनात्मक घाउ मेटाउन, समाजमा मेलमिलाप कायम गर्न र विविध पक्षको न्यायको अपेक्षालाई सम्बोधन गर्न भइरहेका प्रयासलाई अझ तीव्र पार्न सबैको ध्यान केन्द्रित हुन आवश्यक भएको उल्लेख गर्नुभयो । 

सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले नेपाली शान्तिका लागि व्याकुल छन् भन्ने कुरामा आफूले आशा विश्वास लिएको बताउनुभयो । सशस्त्र द्वन्द्वमा परेका व्यक्तिलाई अझै पनि राज्यले क्षतिपूर्तिका रुपमा व्यवस्था गर्न नसकेको घटनाले शान्ति प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन भन्ने पुष्टि गर्छ भन्नुभयो । 

संस्थाका अध्यक्ष दमननाथ ढुङ्गानाले मुलुकमा हत्यहिंसा रोकिएको भए पनि दिगो शान्तिको ढोका भने अझै खुलिनसकेको बताउनुभयो । संस्थाका उपाध्यक्ष स्टेला तामाङले तीनदिने सम्मेलनमा शान्ति प्रक्रियाको सफलता, चुनौती, सम्बोधन गर्नुपर्ने विषय र हालसम्मको उपलब्धिका विषयमा विचारविमर्श गर्न सुझाव दिइने बताउनुभयो । 

संस्थाका महासचिव विद्याधर मल्लिकले सम्मेलनका क्रममा छ सत्रमा छलफल गरिने र त्यसक्रममा द्वन्द्व व्यवस्थापनका क्षेत्रमा अनुभवीबाट कार्यपत्रका साथै अवधारणा राखिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन