पुस ७, काठमाडौं । मन्त्रिपरिषदको बैठकमा दरबार हत्याकाण्ड छानबिनबारे छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य दिएलगत्तै मन्त्रिपरिषदमा दरबार हत्याकाण्डको पुनः छानबिनको प्रस्ताव आएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविन गरिनुपर्ने कुरा उठाएका हुन् । ग्रिहमन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने बताएका थिए ।

पछिल्लो पटक पुर्बराजा ज्ञानेन्द्रको बक्तब्य र राजनीतिक परिस्थितिलाई मध्येनजर गर्दै गृहमन्त्री निधिले हत्याकाण्डको कुरालाई उठाउन लागेको विश्लेषण गरिएको छ । संक्रमणको परिस्स्थितिलाई आफ्नो फाइदाको रुपमा हेरेका ज्ञानेन्द्रलाई तह लगाउन निधिले यो अस्त्र प्रयोग गर्न लागेको जानाकारहरुको बुझाई छ ।

१५ बर्ष अघि २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड मच्याईएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो ।

December 22, 2016
काठमाडौँ - KTM, राजनीति
दरबार हत्याकाण्डको छानविन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा
By साझासवाल
3 मिनेट पढाइ