<p><img src="http://sajhasabal.com/uploads/posts/dc3e52a0f065dbc44670bce08f35a9fa1483354536.jpg" style="width: 535px; float: left;"><b>पुस १८, काठमाडौँ । </b>व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । <br></p><p>संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी मङ्गलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गरेकी हुन् ।</p><p> प्रमुख दलहरुबीच सहमतिको प्रयासका लागि संवाद चलिरहेकाले आजको दोस्रो बैठक स्थगन भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । आजको पहिलो बैठक विपक्षीको अवरोधपछि अवरुद्ध भएको थियो ।</p>
January 2, 2017
काठमाडौँ - KTM, राजनीति
संसद्को दोस्रो बैठक सूचना टाँस गरी स्थगन
By kit
2 मिनेट पढाइ










